Need Help ?
Call: +977-057527105

क्षेत्रको बारेमा

स्वागत छ, शिक्षा विकास निर्देशनालय, प्रदेश नं. ३ हेटाैडा!!!

परिचय 

क्षेत्रीय विकासको अवधारणालाई मुर्र्तरुप दिन, विकासका लागि  साधन र श्रोतको समानुपातिक वितरण गरी शिक्षित, सु-संस्कृत, समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले विशेषगरी विद्यालय शिक्षाको विकास, विस्तार र गुणस्तर सुधारका लागि मार्ग प्रशस्त गर्न क्षेत्रीय प्रशासनको अवधारणानुसार वि.स.२०२८ सालपश्चात् क्षेत्रीय शिक्षा निर्देशनालयको स्थापना गरिएको हो । 
क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको प्रमुख उद्देश्य आफ्नो क्षेत्रभित्र सञ्चालित कार्यक्रमहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु तथा विषयगत केन्द्री्रय निकायसँगको समन्वय र समीपमा रही आफ्नो क्षेत्र अर्न्तर्गतका जिल्ला शिक्षा कार्यालयहरु, स्रोतकेन्द्रहरू र विद्यालयहरू तथा सम्बन्धित जिल्लाका विद्यालय शिक्षा विकास र सुधारसँग सम्बन्धित साझेदार सरकारी तथा गैरसरकारी निकायहरुसँग प्रत्यक्ष वा परोक्ष सर्म्पर्क, समन्वय र सहकार्यमा अपेक्षित लक्ष्य हासिल गर्न प्राविधिक र प्रशासनिक सहयोग पु-याउनु हो । यस वाहेक अनुगमन तथा निरीक्षणका  अतिरिक्त विषयगत प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालय र स्रोतकेन्द्रलाई सक्रिय बनाई विद्यालयको विद्यमान शिक्षण सिकाइ पद्धतिलाई प्रभावकारी बनाउनु, जिल्ला र केन्द्रीय निकायबीच कार्यक्रमको प्रभावकारी एवम् नतिजामुखी कार्यान्वयनका लागि समन्वय गर्नु, जिल्ला शिक्षा कार्यालयहरूलाई विभिन्न शैक्षिक गतिविधिहरूसँग सम्बन्धित ज्ञान, सीप र अनुभवका साथै आवश्यक निर्देशन सहित सहयोग, समन्वय गर्नु पनि यसको उद्देश्य हो । समयसापेक्ष परिवर्तनलाई आत्मसात गरी विगतवर्षेखि यस निर्देशनालयले आफ्नो क्षेत्रअर्न्तर्गतका शैक्षिक क्रियाकलापहरूका लागि अनुगमनका साधनहरूको विकास गरी प्रभावकारी अनुगमन एवम् सुपरिवेक्षण गर्ने , कार्यक्रम अनुगमन तथा सुपरिवेक्षण र मूल्याङ्कन कार्यलाई उपलब्धिसँग आवद्ध गर्न गराउन,  कार्यसम्पादन र उपलब्धि बीच प्रभावकारी सह-सम्बन्ध स्थापित गराउनका लागि  निरन्तर अनुगमन एवम् सुपरिवेक्षण, समन्वय र सहकार्य तथा पुरस्कार र दण्डका माध्यमद्वारा जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र र विद्यालयहरू तथा उल्लिखित संस्थाहरूमा कार्यरत जनशक्तिलाई लक्ष्योन्मुख बनाउन निरन्तर प्रयास गरिहेको छ ।

सेवाक्षेत्र

अञ्चल : ३ र जिल्ला १३
नारायणी (२) : चितवन, मकवानपुर 
वागमती (८) : रसुवा, धादिङ्ग, नुवाकोट,काठमाण्डौ, ललितपुर, भक्तपुर, काभे्रपलाञ्चोक र सिन्धुपालचोक
जनकपुर (३) :  रामेछाप, दोलखा, सिन्धुली
शिक्षा तथा समन्वय इकाइ १३
शैक्षिक तालिम केन्द्र (क) र (ख) : ३ र ६ जम्मा ९ 
अगुवा स्रोतकेन्द्र/स्रोतकेन्द्र  : २७८